मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि गुठीचौर गाउँपालिकाद्वारा १२ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि गुठीचौर गाउँपालिकाद्वारा १२ लाख सहयोग

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिकाले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि रु १२ लाख ६७ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। गाउँपालिकाको विपद् व्यवस्थापन समितिको आजको बैठकले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको छ। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए। गाउँपालिकाले विपद्को यस कठिन घडीमा बाढीपीडितका लागि राहत तथा पुनःस्थापनाका काममा ऐक्यबद्धता जनाउँदै सबैलाई सहयोगको अपिलसमेत गरेको उनले बताए।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम सङ्कलन गर्ने गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्लले जानकारी दिइन्। भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ।

प्रकाशित: Sep 01, 2026| 22:18 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्