मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने

सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

त्यस्तै, संघीय संसद् सचिवालय र सभामुखको सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयअनुसार रकम कट्टा गरी सोही कोषमा जम्मा गरिने जनाइएको छ।

विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु सबैको साझा दायित्व भएकाले आफूले पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको सभामुख अर्यालले बताएका छन्।

प्रकाशित: Sep 01, 2026| 17:23 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्