नुवाकोट- नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीको एउटै घरभित्र २४ जनाको शव फेला परेका छन्।
प्रहरीले एउटै घरमा २४ जनाको शव फेला परेको जानकारी दिदै अहिले शवहरुलाई बाहिर निकाल्ने काम भइरहेको जानकारी दिएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट सो घर पुरै डुबानमा परेको थियो।
घरमा रहेका शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको र कसको घर हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। प्रहरीले शवहरु हेलिकप्टरबाट बाहिर ल्याएको जनाएको छ।