मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध [विवरणसहित]

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध [विवरणसहित]

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (मंगलबार) बिहान ७ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

जसमा ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रहेको छ।

बिपी राजमार्गको खुर्कोट-नेपालथोक—कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। भने दिउँसोको समयमा परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ। 

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।

साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ।

प्रकाशित: Sep 01, 2026| 09:09 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्