काठमाडौं- जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई)ले बाढी प्रभावितका लागि ३ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। जेजिआईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको हो।
जेजिआईले बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको सकुशल अवस्थाको कामना पनि गरेको छ।
भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले जनधनको ठूलो क्षति गरेको छ।बाढीपछि प्रभावितहरूको व्यवस्थापनका लागि निजी क्षेत्रले सरकारलाई आर्थिक सहायता प्रदान गरिरहेको छ।
