काठमाडौं- रसुवा बाढी प्रभावितको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ।कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दिएको हो।
बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि प्राप्त सहयोग एकद्वार प्रणालीमार्फत परिचालन भइरहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझिरहेका छन्।
गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरूण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री वाग्लेलाई १० करोड रुपैयाँ हस्तान्तरण गरेका हुन्।रकम बाढी प्रभावितको राहत, उद्धार, खोज तथा पुनर्स्थापनामा परिचालन गरिने जनाइएको छ।
