काठमाडौं- सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड २५ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बुधबार भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस् स्थापनाका लागि सहयोग स्वरुप
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय बैंकले गरेको हो। बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
