बिहीबार, भदौ ११, २०८३

विश्व बैंकले नेपाललाई १७ करोड डलर सहयोग गर्ने

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं- बाढी प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर डलर सहयोग गर्ने भएको छ।

अर्थ मन्त्रालयका अनुसार यो रकम करिब २५ अर्ब नेपाली रुपैयाँ बराबर हो।

त्यसमध्ये एक करोड अमेरिकी डलर तत्कालको राहत तथा पुनःस्थापनाका लागि 'र्‍यापिड रेस्पोन्स अपरेसन' मार्फत परिचालन गरिनेछ।

विश्व बैंकको सहयोग परिचालनको प्रक्रिया अघि बढाउन सरकारले औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ।

त्यसका लागि संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि विश्व बैंकले तत्काल सहयोगको प्रक्रिया अघि बढाउनेछ।

प्रकाशित: Aug 27, 2026| 14:20 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्