काठमाडौं- नेपाल राष्ट्र बैंकले २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जनाएको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/०८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो बताइएको छ। प्रतिवेदनअुनसार यस आवमा कुल २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। जुन ३७.१ प्रतिशत बढी हो।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएकोमा यस वर्ष दोब्बर प्रतिशत विन्दुले बढेको हो। राष्ट्र बैंकका अनुसार असार २०८३ मा मात्र दुई खर्ब ४२ अर्ब ३३ करोड बराबर रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्ष सोही महिना रेमिट्यान्स १ खर्ब ८९ अर्ब ११ करोडमात्र भित्रिएको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २८.१ प्रतिशत बढेर १६ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशत बढेको थियो। त्यस्तै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या चार लाख छ हजारभन्दा बढी र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ८५ हजारभन्दा बढी रहेको छ। अघिल्लो वर्ष सो संख्या क्रमश पाँच लाख पाँच हजार ९५७ र ३ लाख ३३ हजार थियो।