बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढी प्रभावित नागरिकको उद्धार का लागि एनसेल फाउन्डेसनद्वारा १ करोड आर्थिक सहयोग ,प्रभावित क्षेत्रमा ३ दिन सञ्चार सेवा निःशुल्क

बाढी प्रभावित नागरिकको उद्धार का लागि एनसेल फाउन्डेसनद्वारा १ करोड आर्थिक सहयोग ,प्रभावित क्षेत्रमा ३ दिन सञ्चार सेवा निःशुल्क

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सरकारको आह्वानमा एनसेलले यो सहयोग उपलब्ध गराएको हो। विपद्को यस कठिन घडीमा प्रभावित समुदायलाई सञ्चार सम्पर्कमा सहजता पुर्याउन एनसेलले विशेष राहत प्याकेज ल्याएको छ।

जसअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकहरूलाई ३ दिनका लागि निःशुल्क भ्वाइस कल, डेटा र १०० वटा एसएमएस सेवा उपलब्ध गराइएको छ। यो सुविधा हिजैदेखि लागू भएको छ।यसबाट बाढी प्रभावितहरूलाई आफ्ना आफन्त, परिवार तथा उद्धार टोलीसँग निरन्तर सम्पर्कमा रहन मद्दत पुग्ने एनसेलले जनाएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को घडीमा जनतालाई साथ दिनु सबैको साझा दायित्व भएको बताइन्। उनले भनिन्, ‘उद्धार, राहत र पुनःस्थापनाका सरकारी प्रयासहरूमा सहयोग पुर्याउन हामीले १ करोड रुपैयाँ सहयोग गरेका हौँ। यस विषम परिस्थितिमा हामी सम्पूर्ण प्रभावित नागरिक र समुदायको साथमा छौँ।’

यसैबीच, एनसेलले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकहरूको शीघ्र खोजी र उद्धारको कामना गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: Aug 27, 2026| 13:58 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्