सोमबार, भदौ ८, २०८३

लागूऔषधसहित चार जना पक्राउ 

 |  सोमबार, भदौ ८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०८३

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।दक्षिणकाली नगरपालिका-५ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७५० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय प्रेम बहादुर विक र ४३ वर्षीय अर्जुन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को २८ प १३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Aug 24, 2026| 09:37 सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्