आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रामकुमारी झाँक्रीको प्रश्न- अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ?

रामकुमारी झाँक्रीको प्रश्न- अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ?

 |  आइतबार, भदौ ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०८३

काठमाडौं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी मा चलिरहेको पुनर्गठनको बहसमा प्रश्न उठाएकी छन्।

झाँक्रीले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पार्टी पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी हुन्।

उनले जेन-जी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै उनले प्रश्न गरेकी छन्।

झाँक्रीले पुनर्गठन हुदा नेतृत्व परिवर्तनसँगै संरचना, कार्यशैली र शक्ति सम्बन्धमा समेत परिवर्तन आवश्यक हुने संकेत गरेकी छन्।

प्रकाशित: Aug 23, 2026| 13:49 आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्