काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी र बागमती प्रदेशमा २-२ जनाको मृत्यु भएको छ।
त्यस्तै देशभर भएका दुर्घटनामा १०८ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा १६ जना, काठमाडौं उपत्यकामा २५ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा ३१ जना, गण्डकीमा १ जना घाइते भएका छन्।