आइतबार, भदौ ७, २०८३

सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पिडित

 |  आइतबार, भदौ ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०८३

काठमाडौं।  ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्। 

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भएको १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो।

सहमति पश्चात् आज बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाइएको छ।

प्रकाशित: Aug 23, 2026| 11:02 आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्