शुक्रबार, भदौ ५, २०८३

सुन आजपनि तोलाको ३३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

 |  शुक्रबार, भदौ ५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको ३ हजार ३ सयले बढेर तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर तोलाको ४९८५ मा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ४८५५ मा कारोबार भएको थियो।

प्रकाशित: Aug 21, 2026| 11:01 शुक्रबार, भदौ ५, २०८३
प्रतिक्रिया दिनुहोस्