काठमाडौं। संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूचीअनुसार आज अर्थ समितिको बैठक बिहान ९ः३० बजे र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बिहान ९ः३० बजे नै बस्दैछ।
अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने कार्यसूची छ।
यस्तै संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा सूचना माग भएको सम्बन्धमा, अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको छ।