बिहीबार, भदौ ४, २०८३

परराष्ट्रमन्त्री खनालसँग साउदी अरबका राजदूत मनिखरको भेटवार्ता

 |  बिहीबार, भदौ ४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०८३

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मनिखरले भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल-साउदी अरब द्विपक्षीय सम्बन्ध, श्रम आवागमन, आर्थिक सहकार्य तथा साझेदारीका विषयमा छलफल भएको छ।

भेटमा साउदी अरबमा रहेका तथा कार्यरत नेपाली नागरिकको हित, कल्याण र उनीहरूलाई उपलब्ध गराइने कन्सुलर सेवासम्बन्धी विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।

यसैगरी भेटवार्तामा पश्चिम एसियामा भइरहेका पछिल्ला घटनाक्रमबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 20, 2026| 15:00 बिहीबार, भदौ ४, २०८३
प्रतिक्रिया दिनुहोस्