काठमाडौं। नेप्सेमा सामान्य गिरावट आएको छ। आज बुधबार नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४६ कम्पनिका ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मा कारोबार भएको थियो। आज बैंकिंग, हाइड्रो, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर १४.९८ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी मनकामना इन्जिनियरिंग हाइड्रोको शेयर ८.४५ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी सहस उर्जाको १७ करोड ५२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको १६ करोड ८८ लाख बराबरको कारोबार भएको छ।