बुधबार, भदौ ३, २०८३

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

 |  बुधबार, भदौ ३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०८३

सुर्खेत।  कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री शाहीले सोमबार नै प्रदेशसभा सचिवालयमा यससम्बन्धी पत्र दर्ता गराइसकेका छन्। गत १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले अहिलेसम्म मन्त्रिपरिषद्को विस्तार भने गर्न सकेका छैनन्। सत्ता गठबन्धनमा रहेको एमालेसँग मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा सरकार विस्तार हुन सकेको छैन।  

अब भने उनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ र एमालेका १० प्रदेशसभा सदस्य रहेका छन्। 

प्रकाशित: Aug 19, 2026| 10:27 बुधबार, भदौ ३, २०८३
प्रतिक्रिया दिनुहोस्