काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालसहित प्रा.डा. विकास नकर्मी र बालचन्द्र लुइँटेलको नाम नाम सिफारिस गरेको थियो।
सरकारले गत वैसाखमा अध्यादेशमार्फत केयूका उपकुलपति अच्युत वाग्लेलाई हटाएको थियो। त्यसपछि गत जेठ १९ गते बसेको केयूको सभाले शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो। समितिमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्य रहेका थिए।