काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा शुरु भएको छ।
एक्स्पो आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने छ। ५५ ब्रान्डको सहभागिता रहने एक्स्पोमा विभिन्न कम्पनी तथा ब्रान्डका नयाँ सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा ४४ ओटा नयाँ गाडी लन्च हुने आयोजकले बताएको छ।




















