काभ्रे- रातभर परेको वर्षाका कारण आएको लेदो र पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहान करिब ४ बजे काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थली–नार्के क्षेत्रमा माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
पहिरोका कारण सडकको दुवैतर्फ सवारीसाधन रोकिएका छन्।
प्रहरीका अनुसार पहिरो पन्छाउने काम भईरहेकोले सडक सकेसम्म छिटो सञ्चालनमा आउन सक्ने बताउदै यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।