शुक्रबार, साउन २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ढल्केबरमा ट्रमा सेन्टर बनाउने विषय संसदमा स्पष्ट गर्न सरकारलाई सभामुखको रुलिङ

ढल्केबरमा ट्रमा सेन्टर बनाउने विषय संसदमा स्पष्ट गर्न सरकारलाई सभामुखको रुलिङ

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं- सभामुख डिपी अर्यालले नेपाली काँग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केबरमा ट्रमा सेन्टर बनाउने विषय अन्य निर्णय भएको बारे संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

धनुषाको ढल्केबरमा ट्रमा सेन्टर बनाउने निर्णय भएको र सो विषय बजेटमा समेत उल्लेख भएकोमा सो स्थान परिवर्तन गरेर अन्यत्र सारिएको भन्दै सांसद यादवले संसदमै मौनधारण गरेर विरोध गरेका थिए। सांसद यादवले उठेर विरोध जारी राखेपछि सभामुख डिपी अर्यालले सरकारलाई सो विषयमा स्पष्ट पार्न सरकारलाई निर्देशन दिएका छन्। 

सभामुखको रुलिङपछि यादवले आफ्नो विरोध रोकेका छन्।

प्रकाशित: Aug 07, 2026| 13:48 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्