काठमाडौं- नेपाली काँग्रेसका सांसद डा. चन्द्रमोहन यादवले संसदमा उठेर सरकारको निर्णयको विरोध गरेका छन्।
धनुषाको ढल्केबरमा यसअघि ट्रमा सेन्टर बनाउने निर्णय भएपनि यस पटक सो स्थान परिवर्तन गरेर अन्यत्र सारिएको भन्दै सांसद यादवले संसदमै मौनधारण गरेर विरोध गरिरहेका छन्। सांसद यादवले उठेर विरोध जारी राखेपछि सभामुख डिपी अर्यालले उनलाई बस्न आग्रह गरिरहेका छन्।
यादवले सरकारको निर्णयविरुद्ध ढल्केबरमा समेत स्थानीय विरोधमा रहेको र आफु पनि संसदमै विरोध गर्ने बताएका थिए। उनले उठेर विरोध जारी राखे पनि प्रतिनिधि सभाको बैठक अगाडी बढन सकेको छैन।