शुक्रबार, साउन २२, २०८३

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ।
    
बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  टेकबहादुर रावतका अनुसार भारतबाट भन्सार छली  ल्याइएका रु २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन्। 

का सामान पनि स्थानीय टेडुवा प्रहरीचौकीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ। यसैबीच, जुवाको खालबाट आठ जना पक्राउ परेका छन्। उनीहरूबाट नगद रु ५५ हजार पनि बरामद भएको छ।

प्रकाशित: Aug 07, 2026| 13:37 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्