शुक्रबार, साउन २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मेटामाथि बाल सुरक्षामा लापरवाही गरेको आरोप, थप ५६ करोड ७० लाख डलर जरिवाना

मेटामाथि बाल सुरक्षामा लापरवाही गरेको आरोप, थप ५६ करोड ७० लाख डलर जरिवाना

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं- अमेरिकाको न्यू मेक्सिको राज्यको एक अदालतले बालबालिकाको सुरक्षामा लापरवाही गरेको ठहर गर्दै मेटामाथि थप ५६ करोड ७० लाख अमेरिकी डलर जरिवाना गरेको छ। यससँगै यस मुद्दामा मेटाले तिर्नुपर्ने कुल जरिवाना ९४ करोड २० लाख डलर पुगेको छ।

अदालतले मेटाका सामाजिक सञ्जाल मञ्चहरूले बालबालिकालाई हानिकारक सामग्री र यौन शोषणको जोखिमतर्फ धकेलेको भन्दै कम्पनीलाई सार्वजनिक हितमा नकारात्मक असर पार्ने संस्था भएको ठहर गरेको हो। अदालतले जरिवानाको रकम बालबालिकामा सामाजिक सञ्जालका असर न्यूनीकरण, उपचार, जनचेतना र रोकथामका कार्यक्रम सञ्चालन गर्न स्थापना गरिने कोषमा जम्मा गर्न आदेश दिएको छ।

साथै, अदालतले १८ वर्षमुनिका प्रयोगकर्ताको खाता वयस्कलाई सिफारिस नगर्ने, वयस्कले नाबालिगलाई सन्देश पठाउन नपाउने, अश्लील सामग्री आदानप्रदान रोक्ने, राति सूचना नपठाउने तथा किशोर प्रयोगकर्ताको दैनिक प्रयोग समय सीमित गर्नुपर्ने लगायतका नयाँ व्यवस्था लागू गर्न पनि आदेश दिएको छ।

यता, मेटाले अदालतको निर्णयसँग असहमति जनाउँदै पुनरावेदन गर्ने जनाएको छ।

प्रकाशित: Aug 07, 2026| 15:01 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्