शुक्रबार, साउन २२, २०८३

राष्ट्रिय सूचना आयोगका तीन पदमा आवेदन खुला

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं- राष्ट्रिय सूचना आयोगका एक प्रमुख सूचना आयुक्त र दुई सूचना आयुक्त (कम्तीमा एक जना महिला रहने गरी) को रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।

राष्ट्रिय सूचना आयोगका पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले शुक्रबार सूचना प्रकाशित गर्दै तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र, अर्थात् २०८३ साउन २८ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको हो।

आवेदकले आफ्नो व्यक्तिगत विवरण, आवश्यक योग्यताका प्रमाणित प्रतिलिपिलगायतका कागजातसहित राष्ट्रिय सूचना आयोग, त्रिपुरेश्वरस्थित सचिवालयमा आवेदन बुझाउन सक्नेछन्। साथै आयोगको इमेल info@nic.gov.np मार्फत पनि आवेदन पेश गर्न सकिने जनाइएको छ।

सचिवालयका अनुसार पदका लागि आवश्यक योग्यता, मापदण्ड तथा अन्य विस्तृत विवरण राष्ट्रिय सूचना आयोगको वेबसाइटमा उपलब्ध रहेको छ।

प्रकाशित: Aug 07, 2026| 11:02 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्