शुक्रबार, साउन २२, २०८३

आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं- आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ।

बिहान साढे १० बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा 'पर्यटन  विधेयक, २०८१' सम्बन्धमा विषय विज्ञहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ। 

त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस र छलफलको कार्यसूचि रहेको छ। त्यस्तै समितिको उपसमिति गठनको समेत कार्यसूची रहेको छ। 

त्यसैगरी बिहान १० बजेदेखि सुरु हुने पूर्वाधार विकास समितिको बैठकमा विद्युतको वितरण लाइन तथा विद्युतका पोलहरु व्यवस्थापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइको विषयमा उर्जामन्त्री र सचिवसँग छलफलको कार्यसूची रहेको छ।

प्रकाशित: Aug 07, 2026| 06:41 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्