बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा र खड्काको पुनरावलोकन निवेदन सुनुवाई गर्न सर्वोच्चको अनुमति

देउवा र खड्काको पुनरावलोकन निवेदन सुनुवाई गर्न सर्वोच्चको अनुमति

 |  बिहीबार, साउन २१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०८३

काठमाडौं। नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दिएको काँग्रेस विवाद बारेको पुनरावलोकन निवदेनमा सर्वोच्चमा सुनुवाई हुने भएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलासले पुनरावेदन निवेदनको सुनुवाई गर्न अनुमति दिएको हो।

यस इजलासले सुनुवाई नगरी विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको यसअघिको निर्णयविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि अध्ययन गरेर पुनरावलोकन हुने निर्णय गरेको हो। 

अब सर्वोच्चको पूर्ण इजलासमा दुवै निवेदनको शुरु देखि सुनुवाई हुने भएको छ। 

कांग्रेस पूर्व सभापति देउवा र पूरानो कार्यसमितिको तर्फबाट तत्कालीन कार्यबाहक सभापति खड्काले सर्वोच्चमा मुद्धा पुनरावलोकनको छुट्टाछुट्टै निवेदन दिएका थिए।

यसअघि गत बैशाख ४ गते सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो। न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले देउवा र खड्काको रिटलाई खारेज गर्दै विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।

प्रकाशित: Aug 06, 2026| 15:39 बिहीबार, साउन २१, २०८३
प्रतिक्रिया दिनुहोस्