काठमाडौं। गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय सभामा निर्मला पन्तको बारेमा सोधिएको प्रश्नमा जवाफ दिन अस्वीकार गरेका छन्।
राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्मा अबको कति महिना, कति दिनमा निर्मलाले न्याय पाउँछिन् ? भन्दै गृहमन्त्री गुरुङलाई प्रश्न सोधेका थिए। जवाफमा गृहमन्त्री गुरुङले यसको उत्तर म दिन चाहन्न भन्दै जवाफ दिन अस्वीकार गरेका थिए।
कञ्चनपुरको भीमदत्त नगरपालिका- २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनका हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।