बिहीबार, साउन २१, २०८३

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  बिहीबार, साउन २१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०८३

काठमाडौं- आज राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज अपराह्न १:१५ बजेदेखि बैठक शुरु हुदैछ।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।

त्यस्तै सांसद कमला पन्तले 'मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ।

त्यसैगरी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले 'सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक,२०८३' सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: Aug 06, 2026| 07:02 बिहीबार, साउन २१, २०८३
प्रतिक्रिया दिनुहोस्