काठमाडौं। नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ।
यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अङ्कले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ।
साथै १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ। आज दुई सय ५९ कम्पनीको सेयर बढ्यो भने १३ कम्पनीको सेयर घट्यो। त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो।
नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन्। त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइन्नास आरबिबि लगायतका लगानीकर्ताले गुमाएका छन्।