शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हरित बैंकिङ पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इनिसियटिभबीच साझेदारी

हरित बैंकिङ पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इनिसियटिभबीच साझेदारी

 |  शुक्रबार, साउन १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०८३

 

काठमाडौं- कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इनिसियटिभसॅंग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसियटिभका अध्यक्ष्य श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरे।

पर्यावरण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यो सम्झौतामा समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्षित समुदाय अनुरुप क्षमता अभिवृद्धि गर्दै विभिन्न आयमहरूमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ। 

'अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,' बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने, 'यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।'

नेपालका अग्रणी वित्तीय संस्थाहरुमध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजानेछ।

बैंकले आफ्ना २८६ शाखा, ३०४ एटिएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ र १ हजार २३३ पिओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

साथै, आफ्नो ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक, र मिनर्जी इनिसियटिभबीचको यो सहकार्यले हरित बित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्वपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रकाशित: Jul 17, 2026| 14:00 शुक्रबार, साउन १, २०८३
प्रतिक्रिया दिनुहोस्