काठमाडौं- शुभश्री कलेज अफ म्यानेजमेन्टले ‘एजुकेसन एक्सिलेन्स अवार्ड २०२६’ मा प्रतिष्ठित ‘एक्सिलेन्स इन इन्डस्ट्रि-एकाडेमिया पार्टनरसिप’ अवार्ड जितेको छ। शैक्षिक अध्ययन र उद्योगको वास्तविक मागबीच सशक्त पुल निर्माण गरेको भन्दै कलेजलाई यो सम्मान प्रदान गरिएको हो।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शुभश्रीले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन BBA, ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM र ब्याचलर अफ कम्प्युटर सिस्टम एन्ड इन्फर्मेसन टेक्नोलोजी BCSIT जस्ता करियरमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। सबै कार्यक्रम आजको श्रम बजारले खोजेको व्यवहारिक र उद्योग-तयार सीप दिने गरी डिजाइन गरिएको छ।
शुभश्रीलाई अरू कलेजभन्दा फरक बनाउने कुरा भनेकै देशका अग्रणी कर्पोरेट, उद्योग र होटलहरूसँग गरिएको व्यापक साझेदारी हो। कलेजले यी संस्थाहरूसँग धेरै सम्झौता गरेको छ। ती सम्झौता कागजमा मात्रै सीमित छैनन्। त्यसको सिधा फाइदा विद्यार्थीलाई कलेज पढ्दै गर्दा इन्टर्नसिप, हाते सीप र करियरको बाटोको रूपमा मिलिरहेको छ।
अवार्डको सबैभन्दा ठुलो प्रमाण भनेको कलेजका ग्र्याजुएटको प्लेसमेन्ट हो। शुभश्रीका विद्यार्थीहरू नेपालभित्र मात्रै होइन, विदेशका विभिन्न क्षेत्रमा पनि सफलतापूर्वक जागिरमा भित्रिरहेका छन्। हस्पिटालिटी, बिजनेसदेखि IT सम्म -सबै क्षेत्रमा शुभश्रीका विद्यार्थी पहिलो दिनदेखि नै काम गर्न तयार भएर प्रवेश गरिरहेका छन्। यसले कलेजको उद्योगमुखी शिक्षण मोडेल र बलियो कर्पोरेट सञ्जालको शक्ति पुष्टि गरेको छ।
कलेज अनुसार यो अवार्ड केवल सम्मान मात्रै होइन, 'पार्टनरसिपमार्फत सिकाइ' भन्ने शुभश्रीको मोडेलले विद्यार्थी, उद्योग र देशको बढ्दो अर्थतन्त्रका लागि साँच्चै नतिजा दिइरहेको प्रमाण हो।
नेपालको श्रम बजार तीव्र रूपमा परिवर्तन भइरहेका बेला शुभश्री कलेज अफ म्यानेजमेन्टले केवल पढाउने मात्रै होइन, जोड्ने, तयार पार्ने र जागिरसम्म पुर्याउने कलेजको रूपमा आफूलाई स्थापित गरेको छ।