सोमबार, असार १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

 |  सोमबार, असार १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०८३

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्ने बताएका छन्।

National life

राष्ट्रिय धान दिवस अवसरमा शुभकामना व्यक्त गर्दै उनले श्रमजीवी किसानहरूको मेहनत, पसिना र समर्पणले राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण गरेको बताए।

‘कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो। हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ,’ उनले भने, ‘रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्।’

उनले रोपाइँको मुख्य समयमा पनि किसानहरूले पर्याप्त मल, गुणस्तरीय बीउबिजन, सिँचाइ तथा अन्य आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको बताए। उनले सरकारलाई किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे।

प्रकाशित: Jun 29, 2026| 09:53 सोमबार, असार १५, २०८३
प्रतिक्रिया दिनुहोस्