आइतबार, असार १४, २०८३

सुनचाँदीको मूल्य बढ्यो

 |  आइतबार, असार १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२५ कायम भएको छ।

गत शुक्रबार एक तोला सुन रु दुई लाख ७९ हजार १०० र चाँदी रु चार हजार १८० मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 28, 2026| 11:20 आइतबार, असार १४, २०८३
प्रतिक्रिया दिनुहोस्