बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस भव्य रूपमा सम्पन्न

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस भव्य रूपमा सम्पन्न

 |  बिहीबार, असार ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०८३

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापना दिवस धनगढीमा एक विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।

National life

धनगढीस्थित निर्माण व्यवसायी संघको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता रहेको थियो।

सात वर्षअघि स्थापना भएको प्रतिष्ठानले नयाँ नेतृत्व चयन भएपश्चात् पहिलो पटक औपचारिक रूपमा स्थापना दिवस मनाएको हो। कार्यक्रममा प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको संरक्षण, संवर्द्धन र अनुसन्धानमा प्रतिष्ठानले खेलेको भूमिकाको चर्चा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रज्ञा प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले भाषा, लोकसंस्कृति, कला र ऐतिहासिक सम्पदाको खोज, अनुसन्धान तथा संरक्षणमा थप सक्रिय हुन प्रतिष्ठानलाई आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिष्ठानका कुलपति नेपालले छोटो अवधिमै विभिन्न सिर्जनात्मक तथा अनुसन्धानमूलक कार्यहरू अघि बढाइएको जानकारी दिए। उनले आगामी दिनमा भाषा, साहित्य र संस्कृतिको अभिलेखीकरण तथा प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

Shivam cement

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, प्राध्यापक डा. हेमराज पन्त, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य वासुदेव पाण्डेय, दशरथचन्द विश्वविद्यालयका सिनेट सदस्य प्राध्यापक धर्मदेव भट्ट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य पदमबहादुर धामी र नेपाली साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी (प्रभात) लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रतिष्ठानले अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। प्रतिष्ठानको सात वर्षे यात्राको समीक्षा गर्दै आगामी कार्यदिशा र सांस्कृतिक संरक्षणका सम्भावनाहरूबारे समेत छलफल गरिएको सो कार्यक्रममा उपकुलपति सरस्वती दहालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सदस्य सचिव सुरत बहादुर रावत ‘डोटेली कान्छा’ ले गरेका थिए।

प्रकाशित: Jun 25, 2026| 19:25 बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्