बुधबार, असार १०, २०८३

हुरीले दुई बिघाको केराखेतीमा क्षति

 |  बुधबार, वैशाख २३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २३, २०८३

घोराही । यही वैशाख २० गते गएको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठूलो क्षति गरेको छ ।

National life

घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई  बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उनले बताए। 

माध्यामिक विद्यालय हापुर रतनपुरको १० बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक रूपमा कृषिकर्ममा लागेका केसीले बिमा नगरेका कारण ठूलो नोक्सानी बेहोर्नु परेको हो। चार बिघामा केरा लगाका केसीको दुई बिघाको केरा पूर्ण रूपमा नष्ट भएको छ भने दुई बिघामा रहेको केरामा आंशिक क्षति पुगेको छ। 

केसीले भाडामा लिएको १० बिघामध्ये चार बिघामा केराखेती, तीन वटा खोरमा तीन हजार ब्रोइलर कुखुरापालन र अन्य जग्गामा मकै खुर्सानीलगायत खेती गर्दै आएका छन्। 

जापानको चार वर्षको बसाइँ छाडेर स्वदेशमै केही गर्ने उद्देश्यले व्यावसायिक रूपमा कृषिकर्ममा जोडिएका केसीले चार जना स्थानीयलाई रोजगारी दिँदै आएका छन्।

Shivam cement

प्रकाशित: May 06, 2026| 22:20 बुधबार, वैशाख २३, २०८३
प्रतिक्रिया दिनुहोस्