मंगलबार, असार २३, २०८३

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

 |  सोमबार, वैशाख १४, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १४, २०८३

काठमाडौं। काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरु हटाउने अभियान पुनः सुरु गरिएको छ।

यसअघि शनिबार, आइतबार राति अबेरसम्म सञ्चालन गरिएको घर भत्काउने कार्य नसकिएकाले आजदेखि पुनः सुरु गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। अझै धेरै संरचना हटाउन बाँकी रहेकाले दिउँसोदेखि पुनः भत्काउन थालिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए।

उनले भने, “हामीले शनिबार र हिजो आइतबार राति अबेरसम्म केही ठूला घरहरू भत्कायौँ, तर अझै धेरै संरचना बाँकी थिए। अहिले फेरि निरन्तर रूपमा काम अगाडि बढाएका छौँ।”

गैरीगाउँ क्षेत्रमा दर्जनौ ठूला स्थायी घर निर्माण गरिएकाले भत्काउने कार्य चुनौतीपूर्ण बनेको महानगर प्रहरीले जनाएको छ। अहिले यहाँ दुई वटा ठूला डोजर तथा हेभी मेसिनको प्रयोग गरेर संरचना भत्काउने काम भइरहेको छ।

प्रकाशित: Apr 27, 2026| 16:19 सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्