बुधबार, असोज २२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कृषिमा केन्द्रित कर्णाली प्रदेश : कृषि मन्त्रालयको प्रगति ६९ प्रतिशत

कृषिमा केन्द्रित कर्णाली प्रदेश : कृषि मन्त्रालयको प्रगति ६९ प्रतिशत

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

कर्णाली- कर्णाली  प्रदेशकोकृषि क्षेत्रको उन्नयनमा आफूलाई केन्द्रित गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा भौतिक प्रगति औसत गरेको छ।

Kumaribank

वित्तीय भने  उपलब्धि ६९ प्रतिशत हासिल गरेको छ। बुधबार यहाँ भएको वार्षिक प्रगति समीक्षामा उक्त जानकारी दिइएको हो।

उक्त आवमा कालिकोट कृषि विकास कार्यालयले ९६.६९ प्रतिशत वित्तीय प्रगति गरेको थियो।  ब्याज अनुदान कार्यक्रमअन्तर्गत ६ वटा बैंकमार्फत एक अर्ब ४४ करोड रुपैयाँ लगानी गरिएको तथा त्यसबाट पाँचसय ३५ जना कृषि व्यवसायी लाभान्वित भएका जनाइएको छ।

साथै गत आवमा तीनसय ६५ मेट्रिक टन अदुवा तथा बेसार जर्मनी निर्यात भएको,  दुई हजार कृषक प्रांगारिक प्रमाणीकरणमा आवद्ध भएका, सातसय ४७ वटा साना सिँचाई योजनाबाट दुई हजार एकसय ४२ हेक्टरमा सिँचाइ सेवा सुधार भएको तथा ९ सय हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ। रासस

प्रकाशित: Jul 31, 2025| 13:31 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्