शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कोशी प्रदेशमा तीन हजारभन्दा बढी डेंगु संक्रमित, तीन जनाको मृत्यु

कोशी प्रदेशमा तीन हजारभन्दा बढी डेंगु संक्रमित, तीन जनाको मृत्यु

 |  मंगलबार, साउन १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०८२

झापा- कोशी प्रदेशका १४ वटै जिल्लामा डेङ्गु फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार हालसम्म तीन हजार १८१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् भने तीन जनाको मृत्यु भइसकेको छ।

National life

उनका अनुसार पहाडी जिल्लामा सङ्क्रमण न्यून देखिए पनि तराईका जिल्लाहरूमा बढी छ।
स्वास्थ्य निर्देशनालयका तथ्यांक अनुसार अहिले मोरङमा ९१३, झापामा ८९७, सुनसरीमा ३७७, उदयपुरमा २७५, भोजपुरमा २२६, धनकुटामा १४३, ओखलढुङ्गामा १२१, पाँचथरमा ७०, खोटाङमा १०, ताप्लेजुङमा दुई, इलाममा पाँच, सोलुखुम्बुमा छ र तेह्रथुममा दुई जनामा डेङ्गु देखिएको छ।

जनस्वास्थ्य अधिकृत खत्रीले विगत ५० वर्षमा विश्वभर डेङ्गु संक्रमण ३० गुणाले बढेको बताइन्। कोशीका जिल्लामा हाल स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूले खोजपड्ताल र लार्भा नष्ट गर्ने अभियान चलाइरहेका छन्।

उनी भन्छिन्, ‘डेङ्गु एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेर सर्ने रोग हो। त्यसैले पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउन जरुरी छ। लामखुट्टेबाट जोगिनु नै डेङ्गुबाट बच्ने एउटै उपाय हो।’ 

उनले थपिन्, ‘घर वरिपरि सफा राख्ने, पानी जम्न नदिने, भाँडाकुँडा हटाउने जस्ता उपाय अपनाए एडिज लामखुट्टे नियन्त्रण गर्न सकिन्छ।’ 

Laxmi sunrise bank
kumari

डेङ्गुका लक्षणमा असाध्यै शरीर दुख्ने, पखाला लाग्ने, खाना मन नलाग्ने, उच्च ज्वरो, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा देखिने, वाकवाकी वा बान्ता हुने लगायत पर्छन्।

प्रकाशित: Jul 29, 2025| 06:31 मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्