बुधबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कोटेश्वरमा लुकाइछिपाई राखेको ४० किलो गाँजासहित पाँच जना पक्राउ

कोटेश्वरमा लुकाइछिपाई राखेको ४० किलो गाँजासहित पाँच जना पक्राउ

 |  शुक्रबार, असार २७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २७, २०८२

vianetvianet

काठमाडौं- नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन्। उनीहरूको साथबाट प्रहरीले रु एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ।

उनीहरूले काठमाडौँ कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: Jul 11, 2025| 07:53 शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्