शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • २२० केभी क्षमताको चिमखोला-राहुघाट प्रशारण लाइनको परीक्षण सुरु

२२० केभी क्षमताको चिमखोला-राहुघाट प्रशारण लाइनको परीक्षण सुरु

 |  बिहीबार, असार २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार २६, २०८२

म्याग्दी- म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय  प्रणालीमा आवद्ध गराउन निर्माण भएको २२० केभी क्षमताको चिमखोला-राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ।

National life

उक्त प्रशारण लाइनमा ३५ मेगावाट क्षमताको चिमखोला-मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट,२१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युत जाेडिनेछ।

केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोला देखि गलेश्वर स्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्ड सम्म १३ किलोमिटर लामो प्रशारण लाइन निर्माण भएको हो।

नेपाल विद्युत प्राधिकरण मार्फत रघुगंगा-३ अम्बाङमा निर्माणाधीन सब-स्टेशन सम्पन्न नहुँदासम्मको लागि अस्थायी रुपमा राहुघाटको स्विचयार्डबाट २२० केभी क्षमताको दाना-खुर्कोट प्रशारण लाइनमार्फत केन्द्रीय प्रणालीमा विद्युत पठाउन लागिएको चिमखोला-मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रबर्द्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले बताए।

चिमखोला-मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइपलगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको केन्द्रीय भइसकेको छ। माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन्।

Laxmi sunrise bank
kumari

चिमखोलादेखि गलेश्वर स्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रशारण लाइनमा विद्युत आपुर्ति गराएर परीक्षण गराउन थालिएको तुँदिका प्रतिनिधी गौतमकाे भनाइ छ। परीक्षण लगत्तै केन्द्रिय प्रणालीमा विद्युत जोडिने छ। चिमखोलादेखि राहुघाटसम्म ३९ टावर छन्।

चार आयोजनाले सहकार्य गरेर एउटै प्रशारण लाइनमार्फत विद्युत आपूर्ति गर्ने संरचना बनाएका छन्। एकदेखि अर्को आयोजनाको स्विचयार्डसम्म सम्बन्धीत आयोजना र त्यसपछि सब-स्टेशनतर्फ सहकार्य गरेर प्रशारण लाइन बनाएका हुन्।

परीक्षण शुरु भएको प्रशारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले बिहीबार एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरेको छ। रघुगंगा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रशारण लाइन र टावर निर्माण भएको छ।

विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडि खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईवस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो। रासस

प्रकाशित: Jul 10, 2025| 16:01 बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्