सोमबार, पुस १४, २०८२

बागलुङमा बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

 |  बिहीबार, असार २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार २६, २०८२

बागलुङ- अविरल वर्षाका कारण मंगलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका-९ पैयुँथन्थापमा करिब एक अर्ब चार करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। पैयुँथन्थाप-९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

National life

जलविद्युत आयोजना बगाउँदा झन्डै दुई करोड रुपैयाँ बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए। आयोजनामा क्षति पुग्दा त्यस ठाउँका एकसय २२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन्।

बाढीले सोही ठाउँमा ३५ लाख खर्चेर निर्माण गरिएको पुल बगाएको छ। केन्द्रीय विद्युत प्रसारण लाइनको ‘ट्रान्सफर्मर’मा समेत क्षति पुर्‍याएको छ। यस्तै खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।

वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपप्रमुख शर्माले बताए। बाढीका कारण ६ घर पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खेमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको हाे।

बाढीले ठेउलेका पाँच घर जोखिममा परेका छन्। दुई गोठमा पूर्ण क्षति भएको छ। टेकबहादुर र खड्कबहादुरको गोठमा क्षति पुर्‍याएको छ। टेकबहादुरको गोठमा रहेको एक गोरु मरेको छ।  बाढीले कुश्मीसेरा-पैयुँथन्थाप-राङखानी हुँदै बरेङ जाने सडकसमेत अवरुद्ध भएको छ।

Laxmi sunrise bank
kumari

त्यस ठाउँका १० वटा सिँचाइ कुलोमा क्षति पुगेको छ। विभिन्न क्षति मूल्यांकन गर्दा करिब एक अर्ब चार करोड रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको उपप्रमुख शर्माले जानकारी दिए। रासस

प्रकाशित: Jul 10, 2025| 14:56 बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्