शुक्रबार, असोज ९, २०८३

पौडी खेल्न पोखरी गएका बालकको डुबेर मृत्यु

 |  बिहीबार, असार २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार २६, २०८२

पर्सा- पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ। यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे  बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो। प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘अस्पतालले बुधबार बेलुका  बालकको मृत्यु भएको जानकारी दिएको छ।’

प्रकाशित: Jul 10, 2025| 11:17 बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्