शनिबार, असोज १०, २०८३

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

 |  बिहीबार, असार ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार ५, २०८२

डडेल्धुरा- परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ। 

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका  प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो। तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो। उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। 

प्रकाशित: Jun 19, 2025| 12:34 बिहीबार, असार ५, २०८२
प्रतिक्रिया दिनुहोस्