शनिबार, पुस १२, २०८२

देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

 |  शुक्रबार, जेठ १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०८२

काठमाडौं- नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले मौसम बदली, वर्षा तथा हिमपात हुने क्रम जारी छ।

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो सिलसिला आज शुक्रबार दिउँसो र राति पनि यथावत् रहने सम्भावना छ।

महाशाखाले जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका केही स्थान, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका केही स्थान, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्था र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

प्रकाशित: May 30, 2025| 07:01 शुक्रबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्