सोमबार, असोज १२, २०८३

दुर्लभ रोग लागेकी बिमलाको निधन

 |  बिहीबार, जेठ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०८२

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ।

उनको गएराति पौने एक बजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।  

२०२२ साल असोज २ गते ललितपुरमा जन्मिएकी विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्। 

२०५९ सालमा उनीहरुबीच बिहे भएको थियो। नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुको जनवादी बिहे भएको थियो। 

बिमला २०५४ सालको निर्वाचनमा ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित भएकी थिइन्। 

प्रकाशित: May 29, 2025| 06:46 बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्