शुक्रबार, जेठ १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एमालेको कार्यक्रम सकिएपछि मात्र राजावादीले प्रदर्शन गर्न पाउने

एमालेको कार्यक्रम सकिएपछि मात्र राजावादीले प्रदर्शन गर्न पाउने

 |  बुधबार, जेठ १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

vianetvianet

काठमाडौं- भोलि बिहीबार गणतन्त्र दिवसका दिन राजावादीले गर्न लागेको प्रदर्शनका लागि प्रशासनले समय तोकिदिएको छ।

उनीहरुलाई दिउँसो साढे दुई बजेपछि मात्रै रत्नपार्क प्रवेशको अनुमति दिइने भएको छ।

राजावादीहरुले भने १२ बजेको कार्यक्रमका लागि उपत्यकामा तीन दिनसम्म घरदैलो गरेर पर्चख बाँडेका थिए। 

काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनका लागि समय तोकेको हो। 

एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम सकिएपछि राजावादीलाई समय दिइएको हो। एमालेले बिहान ११ बजे भृकुटीमण्डपमा गणतन्त्र दिवसको कार्यक्रम राखेको छ।

National life insurance

सरकारले सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने कार्यक्रम १२ बजेभित्र सकिने अनुमान छर एमालेले दुई बजेभित्र कार्यक्रम सक्ने भएकाले त्यसपछिको समय राप्रपा लगायतका राजावादीलाई दिइएको प्रशासनको भनाइ छ।

निर्धारित समयअघि कसैलाई पनि कार्यक्रम गर्न नदिने प्रशासनले स्पष्ट पारेको छ।
 

प्रकाशित: May 28, 2025| 20:16 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्