बझाङमा बुधबार साँझ भूकम्प गएको छ। साँझ ६ बजेर २७ मिनेटमा बझाङको मश्देव केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज नै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।